एक खेल अघिनै प्लेअफमा पुग्न काठमाडौं गुर्खाजले जनकपुरलाई दियो १०२ रनको लक्ष्य,


काठमाडौं– ललितनारायण राजवंशीले चार ओभरमा २ मेडनसहित ८ रन दिएर ३ विकेट चट्काएपछि नेपाल प्रिमियर लिग एनपीएलमा काठमाडौं गुर्खाजले जनकपुर बोल्ट्सलाई १०२ रनको सामान्य लक्ष्य दिएको छ ।

टस जितेर सुरुआतमा ब्याटिङ गरेको काठमाडौं १९.२ ओभरमा १०१ रनमा अलआउट भयो । काठमाडौंका लागि जेरार्ड एरास्मसले सर्वाधिक २० रन जोडे । स्टेफेन इस्किनाजी १७ रनमा आउट हुँदा कप्तान करण केसी १६ रनमा आउट भए । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ जनकपुरका ललित राजवंशी र शेर मल्लले समान ३ तथा मोहमद मोहसिन, अरनिको यादव
र किशोर महतोले समान १ विकेट लिए ।

यसअघि ४ खेल खेलिसकेको काठमाडौं पाँचौँ खेलका लागि मैदानमा उत्रँदा तेस्रो जितको खोजीमा छ । उता यसअघि पाँच खेलमा चार जित निकालेको जनकपुर छैठौँ खेलमा पाँचौँ जित निकाल्दै एक खेल अघि नै प्लेअफ चरणमा पुग्ने दाउमा छ ।