काठमाडौं– विश्व चर्चित क्रिकेटर ब्रायन लारा नेपाल आइपुगेका छन् । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न उनी छोरीसहित नेपाल आएका हुन् ।
शुक्रबार बिहान नेपाल आइपुगेका उनलाई क्यान पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन्। लाराले तीन दिन नेपालमा बिताउनेछन् ।
वेस्ट इन्डिजका क्रिकेट खेलाडी लारा टेस्ट क्रिकेट सर्वाधिक चर्चित छन् । टेस्ट क्रिकेटमा एकै इनिङमा नटआउट ४ सय रन बनाउने कीर्तिमान छ ।
५५ वर्षे लाराले ओडीआई र टेस्ट क्रिकेट दुवैमा १० हजारभन्दा बढी रन बनाएका छन् । लाराले वेस्टइन्डिजका लागि १३१ टेस्टमा झण्डै १२ हजार रन बनाएका छन् भने २९९ ओडिआई खेल्दा १० हजारभन्दा धेरै रन बनाएका छन् । उनले वेस्टइन्डिजका लागि सन् २००४ को च्याम्पियन्स ट्रफी समेत जितेका छन् । उनी क्रिकेट जगतमा ‘द प्रिन्स’ उपनामले परिचित छन् ।
उनको नेपालमा पनि ठूलो सङ्ख्यामा समर्थक छन् ।
प्रतिक्रिया