सहकारी ठगीमा ऋषिकेश पत्नी अञ्जलासहित २६ जनाविरुद्ध मुद्दा


काठमाडौं– सहकारी ठगी प्रकरणमा प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालासहित २६ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

मोरङको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा अञ्जलासहित २६ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

सहकारीको २२ करोड बिगो मागदाबीसहित उनीहरुविरुद्ध सहकारीको रकम अपचलनमा मात्रै मुद्दा दायर गरिएको छ । ऋषिकेशकी श्रीमती अञ्जला सो सहकारीको पूर्व सञ्चालक हुन् । रोचक कुरा के छ भने अञ्जला सञ्चालक रहेको अवधिका कागजातहरु गायव छन् ।

सो सहकारीका वर्तमान अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्षलगायतका पदाधिकारीलाई पनि प्रतिवादी बनाइएको छ ।