काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबार भएको खेलमा एकै बलमा १५ रनको कीर्तिमान बनेको छ । विराटनगर किंग्स र चितवन राइनोजबीच भएको खेलमा एकै बलमा १५ रन बनेको हो ।
यो एनपीएलको नै अनौंठौ कीर्तिमान हो । यस कीर्तिमान विराटनगरका बसिर अहमदले बनाएका हुन् ।
खेलको ११औं ओभरमा बलिङ गर्न आएका चितवन राइनोजका बलर अमर सिंह राउटेलाले एकै बलमा १५ रन दिएका हुन् ।
११ औँ ओभरको पहिलो बलमा उनले मार्टिन गप्टिललाई एक रन दिए । दोस्रो बल डट बल भयो भने तेस्रो बलमा बसिर अहमदले एक रन जोडेर गप्टिललाई स्ट्राइक दिए । चौथो बलमा गप्टिलले छक्का हिर्काउँदै पाँचौ बलमा एक रन जोडे । ११ औँ ओभरको अन्तिम बलमा भने जे भयो त्यो इतिहास बन्यो ।
राउटेलाको बलमा बसिरले छक्का हाने । उक्त बल ‘नो बल’ भएपछि ७ रन बन्यो । राउटेलाले त्यही बलका लागि फेरि बलिङ गर्नुपर्यो । त्यसमा बसिरले २ रन जोडे तर फेरि ‘नो बल’ भयो । यसरी दुई नो बलमा १० रन बनिसकेको थियो । राउटेलाले फेरि तेस्रोपटक बल फाल्नुपर्यो । त्यो बल पनि ‘नो बल’ भयो तर बसिरले कुनै रन नलिँदा एक रन आउँदै नो बलमा ११ रन बनिसकेको थियो । ३ पटक ‘नो बल’ फालेपछि बल्ल चौथो प्रयासमा राउटेलाले लेगल डेलिभरी गरे । त्यसमा बसिरले चौका हान्दिए । यसरी एउटै बलका लागि राउटेलाले चार पटक बलिङ गर्दा बसिरले १५ रन बनाएका हुन् ।
लुम्बिनीका लागि एक ओभर मात्र बलिङ गर्न आएका राउटेलाले एक ओभरमा ११ बल अतिरिक्त बल दिँदै २२ रन खर्चेका थिए ।
प्रतिक्रिया