काठमाडौं– नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले चितवन राइनोजलाई पराजित गर्दै प्लेअफ सम्भावना कायम राखेको छ ।
शुक्रवारको दोस्रो खेलमा विराटनगरले चितवनमाथि ५१ रनको जित हासिल गरेको हो । विराटनगरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन मात्र बनायो ।
चितवनका लागि अमरसिंह राउटेलाले सर्वाधिक ४२ रन जोडे । सन्तोष कार्कीले २८, कप्तान कुशल मल्लले २५ रन, रवि बोपाराले २० रन जोडे ।
विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले २ तथा क्रिस सोल, बसिर अहमद र सुवास भन्डारीले समान १ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जित्दै पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रनको योगफल तयार गरेको थियो ।
विराटनगरका बसिर अहमदले सर्वाधिक ६८ रन जोडेका थिए । मार्टिन गप्टिलले ४५ रन बनाउँदा राजेश पुलामी मगरले नट आउट ३३ रन बनाए । विराटनगरले अतिरिक्तमा २३ रन पाएको थियो । चितवनका लागि रिजन ढकालले २ तथा बासिल हमिद, कुशल मल्ल र सोहेल तन्भिरले समान १ विकेट लिए ।
यस खेलसँगै विराटनगरले ६ खेलमा २ जित र ४ हारका साथ विराटनगरको ४ अंक बनाएको छ । अब अर्को खेल जीतेमा विराटनगरको प्लेअफ सम्भावना कायमै रहेको छ । अब अर्को खेल जितेर अरू टोलीको नतिजामा भर पर्नु पर्ने हुन्छ । चितवनले भने ६ खेल खेलमा ३ जित र ३ हारका साथ ६ अंक बनाएको छ ।
प्रतिक्रिया