शरीरमा पेट्रोल छर्केर आगो लगाउने महिलाको अस्पतालमा मृत्यु


काठमाडौं– काठमाडौंमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने महिलाको मृत्यु भएको छ ।

चितवनको रत्ननगर नगरपालिका–१२ घर भएर नारायणटार बस्ने कमला आचार्यको उपचारको क्रममा मृत्यु भएको काठमाडौ‌का एसएसपी बसन्त रजौरेले जानकारी दिएका छन् । ३८ वर्षीय आचार्यले कागेश्वरी मनोहरा नगरपालिका–८ किराँतचोक स्थित बागमती नदी किनारमा गएर आफैँलाई आगो लगाएकी थिइन् र सोपछि गम्भिर घाइते भएकी उनकफ साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।

शनिवार बा ३५ प ५८१८ नम्बरको स्कुटर चढेर उनी आत्मदाहको लागि किराँतचोक पुगेकी थिइन् । उनी परिवारसँग बौद्ध स्थित नारायणटारमा बस्ने गरेकी थिइन् । उनले आत्मदाहको प्रयास गर्नुको कारण भने खुलिसकेको छैन । घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक जानकारी अनुसार, घटना व्यक्तिगत तनावसँग सम्बन्धित हुनसक्ने अनुमान गरिएको छ। घटनाबारे थप पत्ता लगाउन लागिरहको प्रहरीले जनाएको छ ।