बर्दियामा स्कुटर दुर्घटनामा बाबुछोरीको मृत्यु


बर्दिया— स्कुटर दुर्घटनामा बाबुछोरीको मृत्यु भएको छ । आइतबार गुलरिया जिल्ला अस्पतालस्थित हुलाकी सडकमा रोकि राखेको भे १ त ९०६२ नम्बरको ट्याक्टरमा बा ६८ प ७०३६ नम्बरको स्कुटर ठोक्किएर दुई जनाको मृत्यु भएको हो ।

मृत्युमा सप्तरीका ३२ वर्षका रामकुमार साह र छोरी ६ वर्षकी विद्याको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यस्तै साहका पत्नी र छोरा घाइते भएका छन् । उनीहरूको उपचार जिल्ला अस्पतालमा भइरहेको छ । स्कुटरमा चार जना सवार थिए ।

प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ ।