यू–१९ एसिया कपः भारतसामू ९५ रनको लक्ष्य


काठमाडौं– मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले भारतलाई ९५ रनको लक्ष्य दिएको छ । मलेसियाको वायुमास ओभलमा भइरहेको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर ९४ रन बनाएको हो ।

नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २५ रन बनाइन् । एलिसाकुमारी यादवले अविजित रहँदै २० रन जोडिन् । भारतका लागि परुनिका सिसोडियाले ४ ओभरमा १२ रन दिएर ४ विकेट लिइन् ।

नेपालले सोमबार भएको पहिलो खेलमा पाकिस्तानलाई हराउँदै सुपर फोरमा स्थान बनाइसकेको छ ।