काठमाडौं– एसिसी यु १९ महिला एसिया कपमा अपराजित रहँदै नेपाल सुपर ४ मा पुगेको छ । मंगलबार नेपाली समयअनुसार ११ः४५ मा सुरु भएको नेपाल र भारतबीचको खेल वर्षाका कारण स्थगित भए पछि नेपाल अपराजित हुँदै सुपर ४ मा पुगेको हो ।
टस हारेर ब्याटिङ पाएको नेपालले दिएको ९५ रनका लक्ष्य भारत पछ्याउने क्रममा भारी वर्षा भए पछि खेल रद्द भएको हो । मलेसियामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९४ रनको समान्य योगफल बनाएको थियो। नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २५ रन जोडिन् । अलिसा कुमारी यादव ९ रनमा नट आउट रहिन् । ओपनर साना प्रविन ९, उपकप्तान सोनी पाख्रिन ८ तथा ज्योत्सिका मरासिनी ६ रनमा आउट भईन् ।
भारतका लागि पुरोनीका सिसोदीले ४ ओभरमा १२ रन खर्चिएर ४ विकेट लिईन् । आनन्दिता किशोरीले १ विकेट लिईन् । ९५ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ३.१ ओभरमा २८ रन बनाएपछि वर्षाका कारण खेल स्थगित भएको थियो ।
यसअघि सोमबार भएको खेलमा नेपालले पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेर सुपर ४ मा स्थान पक्का गरिसकेको थियो ।
अब नेपालले सुपर ४ मा बिहीवार बिहान ११ः४५ मा श्रीलंकासँग पहिलो खेल खेल्नेछ । शुक्रवार बंगलादेशसँग ११ः४५ मा दोस्रो खेल खेल्नेछ ।
प्रतियोगिताको समूह ‘ए’ मा श्रीलंका, बंगलादेश र मलेसिया रहेका छन् ।
प्रतिक्रिया