काठमाडौं– नेकपा एस (एकीकृत समाजवादी)ले केन्द्रीय सचिवालय गठन गरेको छ। पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाका अनुसार स्थायी कमिटीको बैठकले २४ सदस्यीय सचिवालय गठन गरेको हो र
सचिवालयमा अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेता, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव रहनेछन् ।
यस्तै समितिले पार्टीलाई जनतासँग जोड्नको लागि पार्टीले विभिन्न अभियानहरु चलाउने निर्णय पनि गरेको उनले जानकारी थिए । महासचिवको नेतृत्वमा उपमहासचिवसहित केन्द्रीय कार्यालय गठन समेत भएको उनको भनाइ छ ।
प्रतिक्रिया