काठमाडौं– भक्तपुरमा आफ्नै बुवाले प्रहार गरेको चक्कुबाट घाइते भएका युवकको मृत्यु भएको छ।
अछामको कमलनगर नगरपालिका– हात्तीबाच घर भई भक्तपुर नगरपालिका–२ सहिद स्मृति खेल मैदान नजिकै बस्ने ३१ वर्षीय नरेन्द्रबहादुर शाहीको मृत्यु भएको हो ।
उनका बुवा ६३ वर्षीय दिपबहादुर शाहीले गएराति चक्कु प्रहार गरेका थिए। राति सवा १० बजे घरायसी विवादपछि तरकारी काट्ने चक्कु प्रहार गरेका हुने ।
बुवाले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका नरेन्द्रलाई उपचारका लागि भक्तपुर अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा गएराति करिब पौने ११ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।
घटनापछि नरेन्द्रका बुवा दिपबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शव पोस्टमर्टमका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट भक्तपुर लगिएको र घटनाको अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले जानकारी दिए।
प्रतिक्रिया