काठमाडौं– सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।
बुधबार सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले कारण देखाउ र बन्दीसहित उपस्थित हुने आदेश जारी गरेको हो । प्रसाईका छोरा निराजनले बाबुलाई गैरकानूनी रुपमा थुनामा राखेको दाबी गर्दै मंगलबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेका थिए ।
पछिल्लो पटक जिल्ला अदालतले साइवर अपराध बाहेक अर्कोमा म्याद थप गरेपछि प्रसाईँका छोरा नीराजन सर्वोच्च पुगेका हुन् । प्रधानमन्त्री ओलीको बारेमा भ्रम फैलाएको भन्दै साइबर अपराधको मुद्दामा पक्राउ परेका उनी ४० हजार धरौटी तिरेर रिहा हुनेबित्तिकै पुन पक्राउ गरेका थिए । भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाममा प्रसाईले व्यापारीलाई धम्क्याएको आरोपमा पक्राउ परेका थिए ।
यसअघि साइबर अपराधको मुद्दामा थुनामा पर्दा पनि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट परेको थियो । उक्त निवेदनमा सुरुमा २४ घण्टाभित्र बन्दीलाई उपस्थित गराउने आदेश भएको थियो भने पछि खारेज गर्ने फैसला सुनाएको थियो ।
प्रतिक्रिया