काठमाडौं– काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत बनेको कवाडी संकलन गर्ने अस्थायी टहरा हटाएको छ । काठमाडौं महानगरपालिका–५ विशालनगर ओरालोमा कवाडी व्यवसाय सञ्चालन भइरहेका टहरामा डोजर चलाएको हो।
मापदण्ड विपरीत टहरा निर्माण गरी कवाडी व्यवसाय सञ्चालन गरिरहेको पाइएपछि डोजर चलाएर उक्त संरचना भत्काइएको महानगरले जनाएको छ । पटक–पटक उक्त संरचना हटाउन सूचित गरे पनि हटाउन अटेर गरेपछि आफैँले डोजर चलाइएको महानगरले जनाएको छ ।
प्रतिक्रिया