बझाङमा दुई तीनमा तीन पटक भुकम्प


काठमाडौं– बझाङमा दुई दिनमा तीन पटक भूकम्प गएको छ । बुधबार दिउँसो ३ बजे बझाङको धमेना केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प धक्का महसुस भएको हो ।

यसअघि हिजो साँझ ५ बजेर ८ मिनेटमा धमेना केन्द्रमै ४.३ म्याग्निच्यूडको भूकम्प गएको थियो । हिजो नै १ बजेर २ मिनेटमा बझाङकै रायल केन्द्र भएर ३।९ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

नेपालमा २०८० कात्तिक १७ गते जाजरकोट केन्द्र भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले १५० जनाभन्दा बढीको ज्यान गएको थियो । यसैगरी २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र भएर ७।६ म्याग्निच्युडको भूकम्प जाँदा ८ हजार ९७० जनाको ज्यान गएको थियो ।

भूकम्पीय क्षतिको दृष्टिले नेपाल उच्च जोखिमयुक्त मानिन्छ । पश्चिम नेपालको भूगर्भमा वर्षौंदेखि ऊर्जा सन्चित भएकाले अझै बढी जोखिम रहेको मानिन्छ ।