हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा २६ लाखसहित चार जनालाई पक्राउ


काठमाडौं– प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट संयुक्त प्रहरी टोलीले हिजो (बुधबार) बत्तिसपुतलीबाट उनीहरुलाई पक्राउ गरेको हो । भेषराज पाण्डेले सञ्चालन गरेको श्री बालाजी इम्पोर्ट प्रा.लि.मा प्रहरीले खानतलासी एवं चेकजाँच गर्दा नेपाली नगद २६ लाख, ५० हजार रुपैयाँ नगदसहित पक्राउ गरेको थियो ।

उनीहरुको साथबाट प्रहरीले ५ थान मोबाइलसमेत बरामद गरेको थियो । पक्राउ पर्नेहरुमा बालाजी इम्पोर्टका सञ्चालक गुल्मी तम्धास–४ का पाण्डे, भारतको राजस्थान श्री ढुगरगढ घर भएका वस्नत कुमार राठी, काठमाडौं–१ कमलपोखरी बस्ने प्रनिश थापा र काठमाडौं–१६ का सुरेश अधिकारी रहेका छन् ।