फाइनलमा पुग्न जनकपुर बोल्ट्सलाई ११९ रनको लक्ष्य


काठमाडौं– नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङमा उत्रिएको कर्णाली याक्स ११८ रनमा समेटिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारि २० ओभरमा ९ विकेट गुमाउँदै ११८ रन जोड्यो । कर्णालीका लागि गुल्सन झाले २५ तथा देव खनालले २४रन जोडे । विलियम बोसिस्टोले १४ रन थपेको खेलमा जिसन मक्सुद ११ तथा चाडविक वाल्टन र युनिसविक्रम सिंह ठकूरीले समान १२ रन जोडे ।

बलिङमा जनकपुरका ललित राजवंशी, जिमी नीशम र मोहमद मोहसिनले समान २ विकेट लिँदा हर्ष ठाकर र शेर मल्लको नाममा समान १ विकेट रह्यो । आजको खेलको विजेताले शनिबार उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ ।