काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)मा सबैभन्दा बढी विकेट लिने खेलाडीको सूचीमा जनकपुर बोल्टस्का ललित राजवंशी पुगेका छन् ।
बिहीबार भइरहेको एनपीएलको दोस्रो क्वालिफायरमा कर्णालीविरुद्ध २ विकेट लिएपछि उनी सुदूरपश्चिमका स्कट क्रिस्टोफर कुगलेइनसँगै सर्वाधिक विकेट लिने खेलाडी बनेका हुन् । यी दुवैले समान १६/१६ विकेट लिएका छन् ।
कुगलेइनले ८ खेलमा १६७ रन दिँदा ६.४६ को इकोनोमीमा १६ लिएका छन् । ललितले ९ खेलमा १९८ रन दिँदा ५.५० को औसतमा १६ विकेट नै लिएका छन् । बढी रन दिएको आधारमा सूचीमा ललित दोस्रो स्थानमा छन् । ललितले ४ मेडन ओभर आफ्नो नाममा राखेका छन् ।
यदी आजको खेलमा कर्णालीलाई हराएर फाइनल पुगे सबैभन्दा बढी विकेटको टुंगो अन्तिम खेलबाट लाग्नेछ । बुधबा जनपकुरलाई नै पराजित गर्दै सुदूरपश्चिम रोयल्स फाइनलमा पुगेको थियो । अब फाइनल शनिबार हुनेछ ।
बढी विकेट लिनेमा अन्य खेलाडीमा चितवनका सोहेल तनवीर १४, रिजन ढकाल १३, करण केसी १२ विकेटका साथ क्रमशः छन् ।
प्रतिक्रिया