११ ओभरको खेलमा नेपालले बंगलादेशलाई दियो ५५ रनको लक्ष्य


काठमाडौं– वर्षाका कारण ११ ओभरमा झारिएको नेपाल र बंगलादेशबीचको एसीसी महिला यू–१९ एसिया कपअन्तर्गत सुपर–४ को खेलमा नेपालले ५५ रनको लक्ष्य पेश गरेको छ ।

मलेसियाको बायुमास ओभलमा वर्षाले प्रभावित बनेपछि खेलको निर्धारित ओभर ११ मा झारिएको थियो । बंगलादेशविरुद्ध टस हारेर ब्याटिङमा आएको नेपालले ११ ओभरमा ७ विकेट गुमाएर ५४ रन जोड्न सक्यो ।