काठमाडौं– भारतमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन नेपाली खेलाडी तथा प्रशिक्षक भारततर्फ प्रस्थान भएका छन् ।
डिसेम्बर २१ र २२ मा नर्थ बङ्गाल तेक्वान्दो एसोसिएसनले आयोजना गर्ने उक्त प्रतियोगितामा सहमागिता जनाउन उनीहरु शुक्रबार भारत प्रस्थान गरेक हुन् । नेपाल तेक्वान्दो संघका प्रमुख प्रशिक्षक पूर्णकुमार योन्जनले उनीहरुलाई विदा गरेका छन् । भारत प्रस्थान गर्ने टोलीमा खेलाडी तथा प्रशिक्षक गरेर २३ जनाको समुह छ ।
प्रतियोगितामा सुमन तामाङ, बर्सात कँडेल, पल्सन दर्नाल, अनिस थापा, जनम मगर, सक्षम खड्का, रोमन लोपचन, आयुष मते, अकिलिज लाल श्रेष्ठ, एरिका माझी सुमन साउद, युनिसा राना मगर, विक्रम तामाङ, महेश डिमडुङ, सुदर्शन ठकुरी, पद्मा तामाङ, समीक्षा महता, निकेश कटुवाल, आयान पुरीले सहभागिता जनाउँदैछन् ।
यस्तै प्रशिक्षकको भूमिकामा प्रशिक्षक रामकुमार श्रेष्ठ रहेका छन् । उक्त प्रतियोगिताको निर्णायकमा निरु कुमारी मगर रमन थापा र प्रेमकुमार दर्नाल रहनेछन् ।
प्रतिक्रिया