काठमाडौं– नेपाल वायुसेवा निगमको जहाजमा हङकङबाट नेपाल आएका यात्रुको जहाजमा नै मृत्यु भएको छ ।
ताप्लेजुङका देउमान लिम्बु निगमको आरए ४०१ उडानमार्फत् हङकङबाट काठमाडौं आएका थिए । उनी जहाजमा नै रहेको समयमा अचेत भएका थिए । सोपछि जहाजभित्रै अचेत भएका लिम्बुलाई एयरलाइन्सका कर्मचारीले आफन्तको जिम्मा लगाएका थिए ।
५३ वर्षका लिम्बुलाई लगत्तै अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेका हुन् । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार आफन्तहरू रिसिभ गर्न विमानस्थलमै आएकाले उनलाई जिम्मा लगाइएको थियो । सोपछि केएमसी अस्पतालमा पुर्याउँदा मृत घोषणा गरिएको हो ।
जहाजमा अचेत अवस्थामा रहेका यात्रुको अवस्था के थियो भन्न नसकिने भएकाले विमानस्थलको आकस्मिक सेवा हेर्ने केएमसी अस्पतालमा पठाइएको प्रवक्ता पौडेलले जानकारी दिएका छन् ।
प्रतिक्रिया