काठमाडौं– भारतको पुणेमा ट्रिपरले फुटपाथमा सुतिरहेका ९ मजदुरलाई किचेको छ । वाघोलीको केसनन्द फाटा क्षेत्रमा आइतबार राति करिब १ बजेतिर फुटपाथमा सुतिरहेका ९ जनालाई ट्रिपरले किचेको हो ।
दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमध्ये दुई बालबालिका रहेका छन् । जसमध्ये एक १ वर्ष र अर्को २ वर्षका छन् । ट्रिपर चलाउने व्यक्तिले मादक पदार्थ सेवन गरेका थिए । उनी पक्राउ परेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
फुटपाथमा १२ जना मजदुर सुतिरहेको प्रहरीले जनाएको छ । उनीहरू सबै मजदुर हुन् ।
प्रतिक्रिया