काठमाडौं– काठमाडौं महानगरपालिकाले सडक पेटीमा खरानी राखेर फोहोर गर्ने एक तन्दुरी होटललाई जरिवाना गरेको छ ।
महानगरपालिकाको नगर प्रहरी बलले वडा नम्बर १४ कालिमाटीस्थित लुम्बिनी तन्दुरी लज एण्ड होटेलले सडकपेटीमा खरानी राखेर फोहोरमैला गरेको भन्दै कारबाही गरेको हो ।
काठमाडौं महानगरपालिकाले जथाभावी फोहोर गर्नेलाई प्रशासनिक दण्ड, जरिवाना अन्तर्गत जरिवाना गर्दै आएको छ । पछिल्लो समय जथाभावी फोहोर फाल्ने, फोहोर पानी फाल्ने, खुल्ला स्थानमा आगो बाल्ने, सडकमा खाल्डो खन्ने, पोल, सार्वजनिक भित्तामा विज्ञापन टाँस्ने लगायत कुरामा महानगर प्रहरीले निगरानी गर्दै आएको छ ।
प्रतिक्रिया