कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेको फोटो सार्वजनिक गरेसँगै पक्राउ परेका डा।निकोलस भुसाल रिहा भएका छन् । आइतबार काठमाडौंको थलीबाट पक्राउ परेका डाभुसाललाई सोमबार पोखरा लगिएको थियो । तर, कास्की जिल्ला अदालतले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति नदिएपछि उनी रिहा भएका हुन् ।
अब हिरासत बाहिर नै रहेर उनीमाथि अनुुसन्धान अगाडि बढ्ने बताइएको छ । कास्की प्रहरीले उनीमाथि साइबर क्राइम मुद्दामा अनुसन्धान अगाडि बढाएको छ ।
उनले यही पुष ३ गते सहकारी ठगी प्रकरणमा मुछिएर जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा सुतिरहेका पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेको सामाजिक सञ्जालमार्फत तस्वीर सार्वजनिक गरेका थिए। उक्त तस्बिरका कारण राजनीति वृत्तमा ठूलो चर्चा चलेका थिए । उक्त तस्बिर प्रहरीले नै सार्वजनिक गरेको हुनसक्ने भन्दै रास्वपाले आरोप समेत लगाएको थियो । उक्त तस्वीर आफूले थुनुवा कक्षमा रहेको सीसीटीभीबाट खिचेको भुसालले स्वीकारेपछि यस प्रकरणलाई लिएर प्रहरीले छानबिन गर्न निणन्त्रणमा लिएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । यस विषयमा अनुसन्धान गर्न गण्डकी प्रदेश तालिम केन्द्रका प्रमुख एसएसपी मुकुन्द मरासिनीको नेतृत्वमा ४ सदस्यीय छानबिन समितिसमेत गठन भएको छ ।
प्रतिक्रिया