कवाड व्यवसायीले काठमाडौं महानगरपालिका घेर्ने


काठमाडौं– कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं महानगरपालिका घेराउ गर्ने भएको छ । समितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी पुस १४ गते महानगरको कार्यालय घेर्ने जानकारी दिएको हो ।

महानगरले व्यवसायबाट विस्थापित गराउन अनावश्यक दुःख दिएको समितिको आरोप छ । समितिका संयोजक राम केवल गुप्ताले अब आफूहरु काठमाडौं महानगरविरुद्ध आन्दोलनमा जान लागेको जानकारी दिए ।

काठमाडौं महानगर प्रहरीले कवाड व्यवासायीलाई दुःख दिएको, हातपात गरेको, कुटपिट गरेको र गाली बेइज्जती गरेको भन्दै उनले गुनासो गरे । अदाललते कवाड नहटाउन आदेश दिए पनि महानगरले त्यसको विपरीत काम गरिरहेको उनले बताए ।