रोहित पौडेलले गुमाए जय ट्रफी मेन्स एलिट कपको पहिलो संस्करण


काठमाडौं – नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले जय ट्रफी मेन्स एलिट कपको पहिलो संस्करण गुमाउने भएका छन्।

सन् २०२४ को शुरूमा हुने प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेश प्रदेशका टोलीहरूको सहभागिता रहनेछ। यस प्रतियोगितामा रोहित पौडेलको नयाँ विभागीय टोली नेपाल एपिएफ क्लबले स्थान बनाउँन नसक्दा, उनी एलिट कपको पहिलो संस्करण गुमाउने छन्।

गत संस्करणको प्रधानमन्त्री कपमा रोहित पौडेलले आर्मी क्लबलाई छोडेर नेपाल एपिएफ क्लबमा आबद्ध भएका थिए। यद्यपि, एपिएफ क्लबले प्रधानमन्त्री कपको शीर्ष चारमा स्थान बनाउँन नसक्दा, यस वर्षको जय ट्रफी मेन्स एलिट कपमा रोहितको सहभागिता सम्भव छैन।

यसै गरी, रोहित पौडेलसँगै आसिफ शेख, जो राष्ट्रिय टोलीका नियमित विकेटकिपर हुन्, समेत पहिलो संस्करणको यस प्रतियोगितामा गुमाउने भएका छन्। साथै, अभिनाश बोहोरा, भुवन कार्की, सन्दीप जोरा, सुमित महर्जन, लोकेश बम लगायतका खेलाडीहरू पनि यो प्रतियोगिता गुमाउनेछन्।

जय ट्रफी पुस २१ देखि माघ ३ गतेसम्म खेलिनेछ। प्रतियोगिता जनकपुर र विरगंजमा सञ्चालन हुनेछ। यो प्रतियोगिता सिङ्गल राउण्ड रोबिन लिगका आधारमा हुनेछ, र शीर्ष २ टोलीबीच फाइनल खेल हुनेछ। क्यानका अनुसार, लिग चरणका खेल दुई दिवसीय र फाइनल खेल तीन दिवसीय ढाँचामा आयोजना हुनेछ।