रवि लामिछानेलाई हिरासतमुक्त, काठमाडौं प्रहरी परिसरमा उपस्थित हुने शर्तमा रिहा

रवि लामिछानेलाई कास्की प्रहरीले पार्टीका कार्यवाहक सभापति डिपी अर्यालको रोहबरमा छाडे


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की प्रहरीले पार्टीका कार्यवाहक सभापति डिपी अर्यालको रोहबरमा छाडेको छ ।

शुक्रबार बिहान १० बजे काठमाडौं प्रहरी परिसरमा उपस्थित हुने सर्तमा कास्की प्रहरीले लामिछानेलाई अर्यालकाे जिम्मा लगाएको कास्की प्रहरीका प्रवक्ता वसन्तकुमार शर्माले बताए । 

कास्कीस्थित सूर्य दर्शन सहकारीकाे रकम हिनामिना आराेपमा लामिछाने २ कार्तिकमा काठमाडाै‌बाट प्रकाउ परेका  थिए । उनलाई आजै कास्की जिल्ला अदालतले धराैटीमा रिहा गर्न आदेश दिएकाे थियाे ।