काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतमा सुप्रिम सहकारी प्रकरणमा थुनछेक बहस जारी छ। बिहीबार जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित सरकारी वकिलहरूले लामिछानेविरुद्ध बहस गरेका छन्।
सुप्रिम सहकारीको ठगी प्रकरणमा लगानी भएका ऋणको जिम्मेवार लामिछाने नै रहेको भन्दै सरकारी वकिलहरूले सात जनाको समूहमा बहस गरेका छन्।
बिहीबार लामिछानेका तर्फबाट वकिलहरूले बहस गर्ने पालो पाएका थिएनन्। अब शुक्रबार उनीहरूको बहस हुनेछ। त्यसपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन्। शुक्रबार बहस सकिएपछि सोही दिन अदालती आदेश आउने सम्भावना रहेको छ।
यसअघि कास्कीको सूर्यदर्शन सहकारी र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा लामिछानेलाई अदालतले धरौटीमा रिहा गरेको थियो। अब रुपन्देही जिल्ला अदालतले के आदेश दिन्छ भन्ने चासो बढेको छ।
प्रतिक्रिया