भारतको महाराष्ट्रमा रेल दुर्घटनामा ३ नेपालीको मृत्यु, ७ जना नेपालीको ज्यान गुम्यो


काठमाडौं – भारतको महाराष्ट्र राज्य स्थित जलगाउँ जिल्लामा परधाडे स्टेसन नजिकै भएको रेल दुर्घटनामा एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको छ। अछामको पञ्चलदेव विनायक नगरपालिका-४ का नन्दराम विश्वकर्मा (४४), मैसारा कामी विश्वकर्मा (४२) र उनका ११ वर्षीय छोरा हिक्मत विश्वकर्मा की मृत्यु भएको हो।

वडाध्यक्ष हर्क बहादुर बडुवालका अनुसार, नन्दराम भारतमा रोजगारी गर्दै थिए र हालै आफ्नो श्रीमती र छोरालाई साथ लिएर नेपालगन्जसम्म आएका थिए। त्यसपछि उनीहरूलाई भारत लैजानका लागि पुनः नेपालगन्ज फर्किएका थिए। दुर्घटनामा उनीहरूसँगै अन्य ९ जना नेपाली पनि थिए, जसमा ५ जना जीवित बच्न सफल भएका छन्।

यस दुर्घटनामा अछामका ४ जना, कैलालीका २ जना र बाँकेका १ जनाको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। ९ माघ साँझ ५:०५ बजे भएको सो दुर्घटनामा १२ जनाले ज्यान गुमाएका थिए।