काठमाण्डौ – त्रिदेशीय महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपाल थाइल्यान्डसँग ४ विकेटले पराजित भएको छ।
नेपालले थाइल्यान्डलाई १ सय २ रनको लक्ष्य दिएको थियो, जुन थाइल्यान्डले ६ बल अघि मात्र ६ विकेट गुमाएर पूरा गर्यो। थाइल्यान्डकी नान्नापट कोन्चारेनकाईले ६० रन बनाउँदै नटआउट रुम्ब उत्कृष्ट प्रदर्शन गरिन्। नेपालकी मनिष उपाध्यायले २ विकेट लिइन्।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय १ रन मात्र बनायो। नेपालका बिन्दु रावल र कविता कुँवरले समान २५ रन बनाए। थाइल्यान्डकी थिपचा पुत्थावोङ्गले ३ विकेट लिइन्।
त्रिदेशीय शृङ्खलामा नेपालको यो लगातार दोस्रो हार हो। नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो। थाइल्यान्डको भने यो लगातार दोस्रो जीत हो, उनीहरूले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ८ विकेटले हराएको थियो।
प्रतियोगितामा भोलि नेपाल र नेदरल्यान्ड्सबीच खेल हुनेछ। लिग चरणमा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ।
प्रतिक्रिया