चितवन – चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई साहारा चितवन सहकारी ठगी प्रकरणमा ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
साहारा चितवन सहकारी ठगीको मुद्दामा थुनछेक बहसपछि न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई ५४ लाख रुपैयाँ धरौटी तिरेर छाड्न आदेश दिएको हो। अदालतका स्रेस्तेदार विष्णुप्रसाद आचार्यले यसबारे जानकारी दिएका छन्।
लामिछाने बुधबार अदालतमा बयान दिन उपस्थित भएका थिए, र थुनछेक बहस नसकिने कारण उनलाई प्रहरीको जिम्मामा राखिएको थियो।
रवि लामिछानेलाई कास्की, काठमाडौं र रुपन्देहीमा संगठित अपराधका मुद्दा दर्ता गरिएको भए पनि चितवनमा भने उनीविरुद्ध ठगीको मात्र मुद्दा दायर गरिएको छ।
प्रतिक्रिया