कास्की – पोखरा भ्रमण वर्ष २०२५ उद्घाटनका क्रममा घटित एक घटनामा आगोको ज्वालाले बेलुन फुट्दा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका छन्।
रिमोटबाट दीप प्रज्वलन गरेपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेर बेलुन फुटेको थियो, जसका कारण अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका छन्। पौडेललाई गण्डकी मेडिकल कलेज शिक्षण अस्पतालमा प्राथमिक उपचार दिएपछि थप उपचारका लागि काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको जानकारी नेकपा (एमाले) कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले दिएका छन्। पौडेलको दुवै हात, अनुहार र घाँटीमा चोटपटक लागेको छ।
मेयर आचार्यलाई उपचारका लागि फिस्टेल अस्पताल लगिएको थियो, र उनको अनुहार र गालामा चोट पुगेको छ। थप उपचारका लागि उनलाई काठमाडौँ पठाइएको भनिएको छ, भने आचार्यका प्रेस संयोजक भीम थापाले उक्त जानकारी दिएका छन्।
प्रतिक्रिया