नेपाल र म्यानमार बीच फाइनल खेल बुधबार


काठमाडौ- इन्टरनेशनल वुमन्स च्याम्पियनशिपको उपाधिका लागि घरेलु टोली नेपाल र म्यानमारबीच बुधबार फाइनल खेल हुँदैछ। दुवै टोलीले फाइनलका लागि तयारी पूरा गरेको र उपाधि जित्ने दाबी गरेका छन्।

मंगलबारको प्रि(म्याच प्रेस कन्फ्रेन्समा नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले भने, ूहामीले तीन खेल राम्रो खेलेका छौं र अब फाइनलको तयारी पूरा भएको छ।ू कप्तान एन्जिला तुम्बापो सुब्बाले पनि सबै खेल राम्रो भएको र अब गोल्डको लागि फाइट गर्ने विश्वास व्यक्त गरिन्। उनले भनिन्, ूअब हामी हाम्रो बेस्ट दिनेछौं।ू

यस्तै, म्यानमारका प्रशिक्षक तेत्सुको युकी र कप्तान वेन थेइङ्गी तुनले पनि फाइनलका लागि तयारी पूरा भएको र राम्रो खेल प्रस्तुत गर्ने अपेक्षासहित फाइनलका लागि तयार भएको बताएका छन्।

नेपाल र म्यानमार दुवै टोली चार राष्ट्र सम्मिलित प्रतियोगितामा अपराजित रहँदै फाइनलमा पुगेका छन्। नेपालले कीर्गिस्तान र लेबनानलाई समान १(० गोल अन्तरले हराएको थियो भने म्यानमारले लेबनानलाई ३(१ र कीर्गिस्तानलाई ५(० गोल अन्तरले हराएको थियो। नेपाल र म्यानमार बीचको लिग खेल २(२ को बराबरीमा समाप्त भएको थियो।

अब, दुवै टोली फाइनलमा उपाधिको लागि भिड्नेछन्, र यो खेलको परिणामले यो प्रतियोगिताको च्याम्पियनलाई निर्धारण गर्नेछ।