काठमाडौँ- च्याम्पियन्स ट्रफी २०२५ अन्तर्गत दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई ७ विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ। इङ्ल्यान्डले १८० रनको लक्ष्य दिएको थियो, जुन दक्षिण अफ्रिकाले २९।१ ओभरमा ३ विकेट गुमाउँदै सजिलै पूरा गर्यो।
इङ्ल्यान्डले टस जितेर ब्याटिङ गर्दै ३८।२ ओभरमा अलआउट हुँदै १७९ रन बनाएको थियो। दक्षिण अफ्रिकाका लागि रस्सी भान डेर डुसेनले ८७ बलमा ७२ रन बनाए भने हेनरिच कालासिनले ५६ बलमा ११ चौकासहित ६४ रन बनाउँदै महत्त्वपूर्ण योगदान दिए।
इङ्ल्यान्डको लागि जो रुटले सर्वाधिक ३७ रन बनाएका थिए, जबकि जोफ्रा आर्चर २५ रनमा र जोस बटलर २१ रनमा आउट भए। इङ्ल्यान्डको टोली ठूलो पारी खेल्न असफल रह्यो।
बलिङमा दक्षिण अफ्रिकाका मार्को जानसेनले ९ ओभरमा ३ विकेट लिए, वियान मल्डरले ३ विकेट लिँदै २५ रन खर्चे। केशव महाराजले पनि २ विकेट लिए।
यस जितसँगै दक्षिण अफ्रिका ५ अंकसँग समूह बी को विजेता बन्यो, जबकि अस्ट्रेलिया ४ अंक जोड्दै समूह उपविजेता बन्यो। अफगानिस्तान र इङ्ल्यान्ड क्रमशः ३ अंक र ० अंकका साथ समूह चरणबाट बाहिरिए।
समूह ए बाट भारत र न्यूजिल्याण्ड सेमिफाइनलमा प्रवेश गरेका छन्। सेमिफाइनल अघि यी दुई टिमहरू एक अर्कासँग खेल्दै छन्, जसले समूह एको विजेता चयन गर्नेछ।
प्रतिक्रिया