काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले टोलीको प्रदर्शन सुधार गर्नका लागि एक्पोजरको महत्त्व जोड दिएका छन्। बुधबार दशरथ रंगशालामा पत्रकारसँग कुरा गर्दै कप्तान किरणले बलिया टोलीसँग खेल्न आवश्यक रहेको बताएका छन्।
उनले भने, एक्पोजरका लागि खेल खेल्नुपर्ने हुन्छ, जति सक्दो हामीभन्दा बलियो टोलीसँग। नतिजा जे भएपनि, बलियो टोलीसँग खेल्दा डोमिनेट हुन्छौं, तर त्यहाँबाट केही चिजहरू सिक्छौं।
फुटबलको स्तर वृद्धि गर्न खेलाडीलाई आर्थिक सहयोग र संरचना विकासको आवश्यकता रहेको चेम्जोङले बताए। ूखेलाडीका लागि आर्थिक रुपमा पनि सर्पोट होस्, संरचना निर्माणमा पनि ध्यान दिइओस्,ू उनले भने, मुख्यतया खेलाडीलाई एक्पोजर नै चाहिन्छ जस्तो लाग्छ। अन्तर्राष्ट्रिय स्तरमा एउटा बलियो टोलीसँग हारजितले फरक पार्दैन, तर बलिया टोलीसँग खेल्न पायौं भने राम्रो फाइदा गर्छ।ू
नयाँ मुख्य प्रशिक्षकसँग काम गर्न उत्साहित रहेको कप्तान किरणले आफ्नो भविष्यका योजनाहरू पनि प्रस्तुत गरे।
प्रतिक्रिया