कोशी प्रदेशको महेन्द्र मोरङ क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा नेविसंघ शेखर कोइराला पक्षले लगाए आगो  


विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको स्ववियु निर्वाचन समितिको कार्यालयमा नेविसंघ शेखर कोइराला पक्षले आगो लगाएको छ ।

नेविसंघले आधिकारिक सङ्गठनको मान्यता प्रज्जवल विष्टको समूहलाई दिएपछि अर्को समूह आक्रोशित बनेको हो ।

नेबिसंघको इतर समूह सरोज पोख्रेल पक्षका गुड्डु साहको नेतृत्वमा योगराज दाहाल लगायत १२- १४ जनाको समूहले निर्वाचन सम्बन्धी असन्तुष्टि जनाउँदै आगो लगाउनुको साथै स्ववियु निर्वाचन अधिकृत सुशील अधिकारीलाई कोठामै थुनेका थिए ।

आगलागीका कारण कागजपत्र आगजनी भएको छ। विष्टको समूहलाई देउवा पक्षले आधिकारिक मान्यता दिएको छ ।