अनलाइनटिभी नेपालका प्रबन्ध निर्देशक गिरीलाई ‘राष्ट्रिय डिजिटल भिडिओ पत्रकार अवार्ड’


काठमाडौं – अनलाइनटिभी नेपालका प्रबन्ध निर्देशक नवराज गिरी ‘राष्ट्रिय डिजिटल मिडिया जोखिम भिडियो पत्रकार अवार्ड २०८१’ बाट सम्मानित भएका छन् । बुधबार राजधानीमा आयोजित कार्यक्रममा गिरीलाई प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगर, सांसद गणेश पराजुली, न्यूज एक्सप्रेस मिडिया प्रा.लि. का अध्यक्ष मिलनसिंह परियार, प्रबन्ध निर्देशक जीवन अधिकारी र अनलाइन टिभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारीले अवार्ड प्रदान गरे।

एक दशकदेखि जोखिम भिडियो पत्रकारको रूपमा निरन्तर क्रियाशील रहेको भन्दै गिरीलाई न्यूज एक्सप्रेस मिडिया सम्मानित गरेको हो ।

दोस्रो राष्ट्रिय डिजिटल मिडिया अवार्डमा विभिन्न पत्रकार, सञ्चारकर्मी र समाजसेवीलाई पनि सम्मान गरियो। यस वर्षको डिजिटल मिडिया लाइफटाइम एचिभमेन्ट अवार्ड वरिष्ठ पत्रकार हरिहर विरहीलाई दिइएको थियो। न्यूज एक्सप्रेस मिडियाले पहिलो राष्ट्रिय डिजिटल मिडिया लाइफटाइम एचिभमेन्ट अवार्ड ९४ वर्षीय वरिष्ठ पत्रकार भैरव रिसाललाई प्रदान गरेको थियो।