राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले असुरक्षित तरिकाले सामाग्री बोकेर सडकमा गुड्ने गाडीप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन्।
फेसबुकमार्फत उनले फेद र टुप्पोमा मात्र डोरीले बाँधेर फलामका भारी सामग्रीहरू ढुवानी गर्ने गाडीहरूको सडकमा आवागमन भइरहेको उल्लेख गरेकी छन्। उनले भनेकी छन्, “यस्ता सामाग्री जुनसुकै बेला खस्न सक्छन्, जसले दुर्घटना निम्त्याउन सक्छ, फलाम सवारी साधनमाथि खस्न र यसले सवारीलाई क्षति पुर्याउन सक्छ।”
सांसद गौतमले यसलाई अत्यन्त असुरक्षित कार्य भन्दै सडक सुरक्षामा गम्भीर चुनौती उत्पन्न गरेको बताइन्। उनले सम्बन्धित निकायलाई तत्काल यस्ता गाडीहरूलाई नियन्त्रणमा लिन र असुरक्षित लोड गर्ने कार्यलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउन आग्रह गरिन्।
उनका अनुसार, सडकमा यस्ता जोखिमयुक्त गाडीहरूको आवागमन जारी छ, जसका कारण जनताको सुरक्षा खतरामा पर्दै गएको छ।
प्रतिक्रिया