काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा भारतका विद्युत् तथा आवास एवं सहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपाल आएका छन्।
मन्त्री खट्टरको यो भ्रमण ३० माघ २०८१ मा भारत भ्रमणका क्रममा नेपाली मन्त्री दीपक खड्काले दिएको औपचारिक निमन्त्रणाअनुसार भएको हो।

खट्टरको नेपाल आगमनले दुई देशबीचको ऊर्जा सहकार्य र सहरी पूर्वाधार विकासमा सहयोग विस्तार हुने अपेक्षा गरिएको छ। भ्रमणका क्रममा मन्त्री खट्टरले नेपाल सरकारका उच्च अधिकारीहरूसँग भेटघाट र छलफल गर्ने कार्यक्रम छ।
प्रतिक्रिया