काठमाडौं – नेपाल भ्रमणमा आइपुगेका भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन् । बुधबार सिंहदरबारस्थित गृह मन्त्रालयमा भेटवार्ता भएको हो ।
गृहमन्त्री लेखकका अनुसार भेटमा नेपाल र भारतबीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउनेबारे सकारात्मक छलफल भएको छ । ‘चौथाईवालेको नेपाल भ्रमण र भेटघाटहरूले द्विपक्षीय सम्बन्धमा सकारात्मक प्रभाव पार्ने मैले विश्वास गरेको छु,’ लेखकले भने ।
तीन दिने भ्रमणका लागि काठमाडौं ओर्लेलगत्तै चौथाइवालेले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् । सत्तारुढ दलको बैठक सम्पन्न भएलगत्तै चौथाइवालेले प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवालगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया