काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भइरहेको मतगणनामा उपसभापति (समावेशी) तर्फ विनोदकुमार चौधरीले अग्रता लिएका छन्।
हालसम्मको मतपरिणामअनुसार चौधरीले ६१५ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका जीवन परियारले ५७८ मत पाएका छन्। चौधरी र परियारबीच ३७ मतको अन्तर रहेको छ।
यस्तै, सीता गुरुङले ३३४, फरमुल्लाह मंसुरले २८५ र रञ्जित कर्णले १८३ मत प्राप्त गरेका छन्। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।

















प्रतिक्रिया