‘पेस्तोल डान्स’ गर्ने जसपाकी नेत्री सामान्य सोधपुछ छुटिन्


जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय सदस्य डा.बबी सिंह यादवलाई पेस्तोल पड्काउँदै नाचिरहेको भिडिओको सन्दर्भमा प्रहरीले सोधपुछ गरेर छाडिदिएको छ । उनले पेस्तोल पड्काउँदै नाचिरहेको भिडिओ सामाजिक सञ्जाल फेसबुक, टिकटकजस्ता प्लेटफर्ममा भाइरल भएको थियो । उक्त भिडिओको सन्दर्भमा अनुसन्धानका लागि सप्तरी प्रहरीले डा.यादवलाई बोलाएको थियो । सोधपछि पछि डा.यादवलाई छाडिएको प्रहरीले बताएको छ ।

डा.यादव सप्तरीको स्थायी ठेगाना बोदे बरसाईन नगरपालिका–५ हो । उनी राष्ट्रियसभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरीसमेत हुन् । उक्त घटनाको सन्दर्भमा प्रहरीले अनुसन्धानको लागि बोलाएपछि नेतृ सिंहले स्पष्टीकरण दिएकी थिईन् । उनेले भारतको सीमावर्ती सहर सीतामढीमा मामाकी छोरी (बहिनी) को वैवाहिक समारोहमा स्थानीय चलनअनुसार आफन्तको निजी निवासस्थित आँगनमा नृत्य गर्दा ‘रेन्जर टोइ’ नामक खेलौनाबाट फायर गरेको बताएकी थिईन् ।

उनले बोकेर नाचेको उक्त पेस्तोल सक्कली नभइ बारुद मात्रै पड्किने खालको रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको बताइएको छ । प्रहरीले डा.यादवले पड्काएको पेस्तोलसमेत बरामद गरिसकेको छ ।