भारतको KIIT (केआईआईटी) विश्वविद्यालयमा फेरी अर्को नेपाली विद्यार्थी शंकास्पद अवस्थामा मृत फेला


काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत एक नेपाली विद्यार्थी भेटिएकी छिन् । वीरगञ्ज घर भएकी प्रिशा शाह बिहीबार बेलुका होस्टलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

विश्वविद्यालयको एक छात्रावासमा नेपाली छात्राको शव फेला परेको ओडिशाटिभिको अनलाइन संस्करणले जनाएको छ । कटकका पुलिस कमिश्नर एस देव दत्त सिंहले नेपाली विद्यार्थी मृत फेला परेको पुष्टि गरेका छन् । तर, यो विषयमा विश्वविद्यालयले कुनै जानकारी दिएको छैन ।

यसअघि गत ४ फागुनमा नेपाली विद्यार्थी प्रकृति लम्सालको पनि सोही विश्वविद्यालयमा शव भेटिएको थियो । आफूमाथि मानसिक दुर्व्यवहार र ब्ल्याकमेल भएकोबारे उनले दुई पटक कलेज प्रशासनमा उजुरी दिएकी थिइन् । तर, कलेजले गम्भीरतापूर्वक नलिँदा उनले मृत्युको बाटो रोजेकी थिइन् । त्यसपछि प्रकृतिको न्याय माग्दै क्याम्पसमा नेपाली विद्यार्थीले गरेको प्रदर्शनमा कलेज प्रशासनले दमन गरेको थियो ।