मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको सपथ आजका लागि स्थगित


काठमाडौं – शुक्रबार बिहानका लागि तय गरिएको राज्यमन्त्रीको सपथ ग्रहण समारोह र मन्त्रिपरिषद् बैठक स्थगित गरिएको छ। बिहान १० बजेका लागि कार्यक्रम तय गरिएको भए पनि अन्तिम समयमा आएर बैठक स्थगित गरिएको हो।

आजको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्ति सम्बन्धी निर्णय गर्न सक्ने अनुमान गरिएको थियो। तर, सत्तारुढ दलहरूबीच गभर्नर नियुक्तिको विषयमा अझै सहमति नजुटेपछि बैठक स्थगित गरिएको आशंका गरिएको छ।

बुधबार उर्जाराज्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका सांसद खमबहादुर गर्बुजाको सपथ पनि आजका लागि तोकिएको थियो। यद्यपि, मन्त्रिपरिषद् बैठकसँगै उक्त सपथ कार्यक्रम पनि स्थगित गरिएको छ।