नीति तथा कार्यक्रमबाट ‘मेरो सरकार’ हट्यो, संविधान संशोधन अघि बढाइने


काठमाडौं – यसपटकको सरकारको नीति तथा कार्यक्रममा मेरो सरकार भन्ने शब्द हटेको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपतिले ‘मेरो सरकारड भन्ने शब्द वाचन गर्थे । तर केपी ओली नेतृत्वको सरकारले नीति तथा कार्यक्रमबाट यो शब्द हटाएको छ ।

सरकारले संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार संघीय संसद्‍को संयुक्त बैठकमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा संविधान संशोधन गर्ने उल्लेख छ। समीक्षा गर्ने र कमजोरीलाई सच्याउन सहमतिका आधारमा संशोधनको प्रक्रिया अघि बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ।

नीति तथा कार्यक्रममा ‘संविधानको समीक्षा गर्ने, यसका सबल पक्षलाई सुदृढ गर्ने र कार्यान्वयनका क्रममा देखिएका कमीकमजोरी सच्याउने सहमतिको आधारमा संशोधनको प्रक्रिया अघि बढाउने’ उल्लेख गरिएको छ।