काठमाडौं – पाकिस्तानमाथि भारतले सोमबार राति मिसाइल आक्रमण गरेपछि चीन रिसाएको छ । उसले भारतले गरेको सैन्य कारबाहीप्रति खेद व्यक्त गरेको छ । चीनले शान्ति र संयमका लागि आह्वान पनि गरेको छ । चीनले भारतको सैन्य कारबाही र दुई देशबीचको वर्तमान विकासक्रमबाट चिन्तित भएको जनाएको जनाएको छ ।
‘भारत र पाकिस्तान एकअर्काका छिमेकी हुन् । र, दुवै चीनका पनि छिमेकी हुन्,’ चीनको विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन् । भारत र पाकिस्तानबीच द्वन्द्व बढ्दै जाँदा चीन कूटनीतिक द्विविधामा परेको छ । दुई देशबीचको तनाव चीनले ट्रम्प प्रशासनको दबाबलाई प्रतिरोध गर्न छिमेकी र व्यापारिक साझेदारसँग सम्बन्ध मजबुत बनाउने रणनीतिक प्रयासअन्तर्गत भारतसँग सम्बन्ध सुधार्न खोज्दै गरेको बेलामा आएको हो ।
पाकिस्तान चीनको निकट साझेदारमध्ये एक हो । पाकिस्तान चीनको बेल्ट एन्ड रोड इनिसिएटिभको प्रमुख समर्थक पनि हो । अप्रिल २७ मा चीनका विदेशमन्त्री वाङ यीले आफ्नो पाकिस्तानी समकक्षीसँग टेलिफोनमा कुराकानी गर्दै पाकिस्तानप्रति समर्थन व्यक्त गरे र चीनले दुवै देशबीचको विकास भएका घटनाक्रमहरूलाई नजिकैबाट नियालिरहेको बताएका थिए ।
प्रतिक्रिया