प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापा र संयुक्त राज्य अमेरिकाका महामहिम राजदूत डिन आर. थम्पसन (Dean R. Thompson) बीच शिष्टाचार भेटघाट सम्पन्न भएको छ।

उक्त भेटघाटमा दुई देशबीचको आपराधिक अनुसन्धान सहयोग, प्रहरी क्षमता अभिवृद्धि, तालिम आदानप्रदान तथा द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा कुराकानी भएको बताइएको छ। महामहिम राजदूतले नेपाल प्रहरीको भूमिका र योगदानको सराहना गर्दै भविष्यमा पनि संयुक्त राज्य अमेरिकाबाट आवश्यक सहयोग र समर्थन जारी रहने बताएका छन्।


आईजीपी थापाले पनि मित्रराष्ट्र अमेरिका र त्यहाँको विभिन्न सुरक्षा निकायसँग सहकार्य अझ सशक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया