काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शीतल निवासमा भेटवार्ता भएको छ।
राष्ट्रपति पौडेललाई भेट्न प्रचण्ड शीतल निवास पुगेका हुन्। प्रचण्डको सचिवालयका अनुसार उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो।
भेटका क्रममा पछिल्लो समय बाहिर आएका सत्ता गठबन्धन टुट्ने चर्चासमेत विषय बनेको थियो। एक पदाधिकारीका अनुसार, राष्ट्रपति पौडेलले ती हल्लाबारे सोधेका थिए भने प्रचण्डले त्यसबारे हल्ला मात्र रहेको बताए।
प्रतिक्रिया