आज झन्डै २० खर्बको बजेट आउँदै


काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१÷८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्ने कार्यसूची छ । अपरान्ह ३ बजे बस्ने बैठकमा अर्थमन्त्री पौडेलले झन्डै २० खर्ब बराबरको बजेट पेस गर्ने भएका छन् ।

संसदका महासचिव पद्मप्रसाद पाण्डेयले दुवै सदनका सदस्यलाई दिउँसो २ः४५ बजे अगाडि नै प्रतिनिधिसभा बैठक कक्षमा उपस्थित हुन आग्रह गरेको जानकारी दिए । त्यसअघि सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा वाचन गर्ने तथा अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२÷८३ आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची छ ।

राष्ट्रिय सभाको अपरान्ह १ः४५ मा हुने बैठकमा अर्थमन्त्री पौडेलले ‘आव २०८२र८३ को आर्थिक सर्वेक्षण’ सभा समक्ष पेस गर्ने सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ । अर्थमन्त्रीले दुवै सदनमा बुधबार नै आर्थिक सर्वेक्षण पेस गर्ने कार्यतालिका भए पनि विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद् अवरुद्ध गरेपछि बिहीबारसम्म बैठक स्थगित भएको थियो ।
आर्थिक वर्ष २०८२÷८३ को राजस्व र व्ययको अनुमान (बजेट) अनुमोदन गर्न मध्याह्न मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुनेछ । आजै अपराह्न राष्ट्रिय योजना आयोगका अध्यक्ष प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा आयोगको बैठक हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।