काठमाडौं । प्रधानमन्त्री केपी ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सम्पर्कमै आउन नचाहेको अभिव्यक्ति दिएको केही घन्टामै प्रमुख दलका शीर्ष नेताबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डबीच भेटवार्ता जारी छ । भेटवार्तामा उपपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, माओवादी प्रमुख सचेतक हितराज पाण्डे र नेसपा अध्यक्ष महीन्द्र राय यादव सहभागी छन् ।
सोमबार एमाले संसदीय दलको बैठकमा ओलीले संसदको अवरोध खुलाउने विषयमा प्रचण्ड सम्पर्कमै आउन नचाहेको बताएका थिए । लगत्तै ओलीले तीन दलको शीर्ष बैठक बोलाएका थिए ।
प्रतिक्रिया