काठमाडौं – कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले विपक्षी दलका सांसदहरूसँग व्यक्तिगत छलफल थालेका छन् । बुधबार संघीय संसद् परिसरमा खड्का र गृहमन्त्री रमेश लेखकले माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छलफल गरेका हुन् ।
त्यसअघि खड्काले रास्वपाका सांसद मनिष झा र हरि ढकालसँग पनि सदनको गतिरोध हटाउन अनुरोध गरेका थिए ।
ओवादी र रास्वपाले पार्टी निर्णय नै गरेर भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसद् चल्न नदिने अडान लिएपछि कांग्रेसले विपक्षी दलका सांसदसँग एक्लाएक्लै भेटघाट गरेका हुन् । विपक्षी मोर्चामा रहेका राप्रपा र एकीकृत समाजवादीले भने पार्टी निर्णय गरेका छैनन् ।
पछिल्लो समय माओवादी र रास्वपा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने अडानमा छन् । यदि समिति गठन भएमा गृहमन्त्री लेखकलाई सदनमा बोल्न दिन तयार छन् । तर त्यसका लागि प्रधानमन्त्री केपी ओलीले संसदमा प्रतिबद्धता जनाउनुपर्ने माग राखेका छन् ।
प्रतिक्रिया